[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

rahulvai
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 पोइल नगई क्या हुँदो हो!
[VIEWED 4690 TIMES]
SAVE! for ease of future access.
Posted on 07-20-16 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मुगुका पिउलीहरू

– नारायणी देवकोटा


बैंस नआई कर्णालीका किशोरीहरूले बेहोरिरहेको बुढ्यौलीले काठमाडौंमा ठूल्ठूला कुरा गर्नेहरूलाई गिज्याइरहेको छ। -


mugu1

नेपालको कानूनले २० वर्ष नपुगी विवाह गरे अवैध मान्छ। यही नेपालमा १५ वर्ष नपुग्दै विवाह हुने बालबालिकाको

संख्या ठूलो छ। मुगु त्यसको प्रतिनिधि जिल्ला हो, जहाँ ६३ प्रतिशत केटीहरूको १५ वर्ष नपुग्दै विवाह हुने गरेको बहुचर्चित डकुमेन्ट्री सुनकली ले पनि बताउँछ। त्यही डकुमेन्ट्री फिल्मले मलाई मुगुतिर डोर्‍याएको थियो।

यत्रो बालविवाह हुने ठाउँमा यससम्बन्धी मुद्दा पनि धेरै होलान् भन्ने अनुमान भएकोले सदरमुकाम गमगढी पुगेको भोलिपल्टै हामी जिल्ला अदालततिर लाग्यौं। तर अचम्म, पछिल्लो तीन वर्षमा यस विषयका एउटा पनि मुद्दा परेको रहेनछ। ‘किन होला’ भनेर सोध्दा स्रेस्तेदार रमाकान्त यादवले ‘यसमा कसैले अनुसन्धान गरे हुन्थ्यो’ भनेपछि मेरो अनुसन्धानको प्रश्नावलीमा प्रश्न थपियो– मुगुमा किन पर्दैन बालविवाह सम्बन्धी मुद्दा?

पर्सिपल्ट राराताल हेर्न जाँदा गमगढी माथिको उकालोमा खत्याड भेगका दुई शिक्षक साथी बने। मुगु र बाहिरी भेगका मानिसलाई जीउडाल, बोलीचाली र लवाइले नै छुट्याउँछ। सानै उमेरमा हुने विवाहको प्रभाव बुझ्न हामी काठमाडौंबाट आएको बताएपछि कुरा खत्याडको अवस्थातिर मोडियो। त्यही क्रममा मसँगै गएकी साथी शोभा दाहालले गमगढीमा सुनेको कथा भन्न थालिन्।

मन हल्लाउने अवस्था

खत्याड भेगको एउटा केटाले २० वर्षको उमेरमा प्लस टु सक्दा घरमा चार सन्तान भइसकेका थिए। केटोले अझ् पढ्छु भन्दा चार छोराछोरीको लालनपालन, श्रीमान्लाई शहरमा राखेर पढाउने खर्चको जोहो र घरको कामले गलेकी श्रीमतीले सहमति जनाउन सकिनन्। त्यसपछि घरमा झगडा बढ्दै थियो रे! एक दिन त यिनै केटाकेटीले गर्दा मैले पढ्न नपाएको भन्दै केटाले चार सन्तानको हत्या गर्‍यो रे!

शोभाले रे, रे भन्दै सुनाएको कथा उकालोमा सास अझ् बढाउने खालको मात्र नभई मन नै हल्लाउने खालको थियो। म बालविवाहले पारेको प्रभाव नै सुन्न चाहन्थें, तर यति बीभत्स कथा होइन। शोभाले पनि कथा सकिन्, तर छेउका हेडसरले त्यसको उपकथा थपे– ‘पढ्ने त बहाना थियो, खासमा त्यो अर्कै केटीसित लागेको रहेछ!’

मैले फोटो खिच्ने बहानामा कुरालाई अर्कैतर्फ मोडें। २० वर्षको उमेरमा एउटा केटो चार सन्तानको बा बनिसक्छ। जो–कोहीको लागि त्यो सपनाहरूले भरिएका आँखा नचाउँदै दौड्ने उमेर हो। उसले पनि सपना देख्नुमा कुनै नराम्रो थिएन। समस्या थियो– सपना देख्न पनि बन्देज लगाउने वरिपरिको वातावरण। त्यसलाई मैले समाज निर्मित एउटा बीभत्सताको रूपमा लिएँ।

गमगढी र्झ्दै गर्दा रारा गाविसको रुमस्थित जनज्योति निमाविमा पढाउने सिरहाका शिक्षक साथी थिए। दुई घन्टे यात्रामा उनले पनि मेरो अध्ययनको विषय थाहा पाए। त्यसमा उनको प्रतिक्रिया थियो, “हाम्रो मधेशमा जस्तो यहाँ बा–आमाले जबर्जस्ती विवाह गराउँदैनन्, १२ वर्ष पुगेपछि केटीहरू आफैं भाग्छन्।” मेरा लागि यो पनि तर्साउने खालको समाचार थियो।

१२ वर्षका केटी जो महीनावारी पनि भएका हुँदैनन् आफैं पोइल भाग्छन् रे! हुन त, गत वर्ष समाजशास्त्र केन्द्रीय विभागकी सहपाठी सुनिता पहारीले आफ्नो थेसिसको लागि मुगुकै कार्कीबाडा गाविसमा गरेको अनुसन्धानमा मोबाइलको सहज पहुँचको कारण बालविवाह बढेको पाएको बताएकी थिइन्। र पनि, मैले ती सरको कुरा पत्याउन सकिनँ।

भोलिपल्ट बिहानै म सोरुतिर जाने योजनामा थिएँ। ती सरले पनि त्यस भेगको कुनै विद्यालयमा ९ वर्ष पढाएका रहेछन्। उनले भने, “सोरु पुगेपछि पत्याउनुहुन्छ!”

पत्याउनै पर्‍यो

शोभालाई खत्याड र मलाई सोरु लैजान दुई जना भाइ आएका थिए। साथमा केड नामक संस्थाका पूर्ण लावड भाइ पनि थिए। मैले अध्ययनको विषय सुनाउँदा तीनै जना हाँसे। १८/१९ वर्षका उनीहरू तीनै जनाको विवाह भइसकेको रहेछ। पूर्ण त १७ वर्ष मात्र पुगेका रहेछन्। बाटामा थाहा भयो– उनकी आमा रोगी हुनुहुँदोरहेछ, त्यसैले घरको काम धान्न १२ वर्षको उमेरमा १४ वर्षकी केटीसँग उनको विवाह भएको रहेछ। उनले भने, “पोहोर छोरो जन्मेको थियो, तर धेरै दिन बाँचेन।”

भर्खर एसएलसी दिएको केटोको कथा!

अन्य जिल्लामा जस्तै मुगुमा पनि बुहारीलाई काममा जोताइन्छ। फरक के भने, मुगुमा ज्वाईंलाई पनि काम लगाइने रहेछ। ससुराली घरका बाख्रा हेर्ने, दाउरा काट्ने–बोक्ने, खेत जोतिदिने काम ज्वाईंले गर्नुपर्ने रहेछ। आफ्नो पढाइ, घर र केडको कामले फुर्सदै नभएर पूर्णले ससुरालीमा काम गर्न पाएका रहेनछन्। त्यही कारण ससुरा आगो भएका छन् रे!

श्रीमती माइतमा छन्। उनले काम गर्ने कार्यालय पनि ससुराली गाउँमा नै छ। गाउँभरिका ठूला मानिसले ज्वाईं र सानाले भिनाजु भनेर बोलाउँछन्। तर, ज्वाईंले छोरी भेटेको ससुराले मन नपराउँदा रहेछन्। ‘अब के गर्छौ त?’ भनेर सोध्दा पूर्णले भने, “न अगाडि जान सक्ने, न पछाडि फर्कन सकिने अवस्थामा छु, के गर्ने के गर्ने!” प्रेमप्रस्तावको कल्पना गर्ने उमेरमा कसरी सम्बन्धविच्छेद गर्ने भन्ने पिरलोमा रहेछन्, उनी।

मलाई पूर्णकी श्रीमती पिउलीलाई पनि भेट्न मन लाग्यो। हामी बसेको घरबाट पाँच मिनेटमा पुगिन्थ्यो, उनको ससुराली। म त्यो टोलमा जाँदा पिउली छिमेकीको ओखलमा काउनी कुट्दै थिइन्। अरू महिलाहरूको बीचमा उनका व्यक्तिगत कुरा गर्न मन लागेन। दुई जनालाई सँगै राखेर फोटो खिच्ने योजना थियो, तर न पिउली यता आउने न पूर्ण ससुरालीमा जाने। पाँच दिनपछि पिउलीकी दिदी पर्ने महिलामर्फत उनलाई हामी बसेकै घरमा बोलाइयो।

१४ वर्षको उमेरमा पराइको घर धानिदिन आफूभन्दा दुई वर्ष सानो केटासँग बिहे गरेकी पिउली!

सानो गाउँ हुनाले मलाई धेरैले चिन्न थालिसकेका थिए। के गर्न, कहाँबाट आएको भन्ने पनि जानेका थिए। पिउलीले पनि चिनेकी रहिछन्। छुट्टै कोठामा हामी मात्र भएपछि ‘अब उसले मलाई बूढी देख्छ’ भनेर कुरा शुरू गरिन्। पूर्णको पढाइ राम्रो छ रे! पोहोरको एसएलसीमा दुइटा विषय मात्रै लागेर फेल भएको, अहिले त पक्का पास गर्छन् रे! संस्थामा सहयोगीको काम गरिरहेको, बाहिरका मान्छे भेटिरहने, सबैले माया गर्ने। पिउलीलाई खुशी लाग्दोरहेछ, आफ्नो श्रीमान्को प्रगति सुनेर। “मलाई खुशी लागेर के गर्नु, उसले बूढी देख्छ!” उनले दोहोर्‍याइन्।

पिउली पूर्णसँगै जीवन बिताउने सोच्दिरहिछन्। बा र श्रीमान्बीचको शीतयुद्धले उनको जीवन चिसो बनाएको रहेछ। गाउँका महिलाहरू उनलाई अर्कैसँग पोइल जा भन्दा रहेछन्। त्यसमा उनको जवाफ रहेछ– ‘मेरी आमाले पनि पोई (मुगुमा श्रीमान्लाई पोई र श्रीमतीलाई जोई भन्ने आम चलन छ) फेरिनन्, म पनि फेर्दिनँ।’

“तिमीहरूको कुरा कसरी मिल्ला त?” मैले सोधें।

“आफ्नो श्रीमान्ले माया गरिदिए अरूको कुरा सुन्नै पर्दैनथ्यो होला”, पिउलीले भनिन्, “उसले हेरिदिए, बोलिदिए अरूले कुरा काट्न पाउने थिएनन्।”

पिउली गएपछि ‘तिमीहरूबीचमा खास समस्या के हो त’ भनेर सोध्दा पूर्णको उत्तर थियो, “बिहे भनेको दुई जनाको कुरा मात्रै रहेनछ दिदी, त्यसैमा समस्या छ।”

समस्या नसाको रोगले गलेकी आमालाई घर धान्ने बुहारी चाहिएकोमा छ, ससुरालीलाई काम गर्ने ज्वाईं चाहिएकोमा छ, सानो कमाइले सबैलाई लुगा फेरिदिन नसकेकोमा छ, आफैंले देखेका सुन्दर सामानमा छ। पूर्णका कुरा सुनेपछि मलाई यस्तो लाग्यो।

पोइल नगई क्या हुँदो हो!

त्यसको भोलिपल्ट म नाथार्पू गाविसको विद्यालयमा बालविवाहको प्रभावबारे कुराकानी गर्न ओरालो र्झ्दै थिएँ। एक महिला, बालिका र वृद्ध उकालो चढ्दैथिए। नजिकै पुगेपछि महिलाले ‘कता जान्या हौ सर’ (सोरु भेगमा बाहिरबाट गएको जोसुकै महिलालाई पनि सर भन्ने चलन रहेछ) भनेर सोधिन्। मैले तल स्कूलसम्म जाने भने पछि उनी ‘म कन त साहै्र दुःख हुन्या भैगयो’ भनेर रुन थालिन्।

सासूससुराले दुई महीनासम्म खानै नदिई गाली गरिरहेपछि १८ महीनाको छोरोलाई नाथार्पूको पोइलघरमा छोडेर उनी माइती घर सोरुकोट आइछन्। तर, दाजुभाइले ‘हाम्रो नाक काट्न किन आएकी, बरू कर्णालीमा हामफालेर मरेकी भए हुने’ भनेछन्। त्यसपछि सम्धी–सम्धिनीसँग कुरा गरेर छोरीलाई पोइलघरमा राख्ने व्यवस्था मिलाउन आमा अग्रसर भएकी रहिछन्। मैले छोरीको उमेर सोधें। उनी भर्खर १७ वर्षकी भइछन्। चौध वर्षको उमेरमा विवाह गरेको रे, भागेर!

मैले ‘किन भागेको त?’ भन्दा उनी रुन थालिन्। केही बेरमा थामिएर उनले भनिन्, “मु कन पढ्ने लेख्ने रहर छिया, पढीलेखि ठूलो मान्छी बन्या सपना छिया, दाइभाइ बराबर अंश लिन्या, बा आमा हेरिकन बस्छु भन्यै हुँ, बा आमा नही मान्दा सर, बा आमा सबै कन यति राम्रो केटा छ, छोड्न मिल्दैन भनिकन पोइल गया हुँ!”

मैले उनकी आमालाई ‘सानैमा बिहे गर्दा दुःख हुन्छ भन्ने तपाईंलाई थाहा थिएन?’ भनेर सोध्दा उत्तर आयो, “दुःख भया पुन क्या गर्दा हौ सर, छोट्टी पोइल नगई क्या हुँदो हो!”

१२ दिनसम्म गमगढी–सोरुकोट गर्दा मैले एक–दुई अपवाद बाहेक किशोरीहरू देखिनँ। कि स–साना बालिका देखिन्थे कि त बच्चाका आमाहरू। बाहिरको भनेर होला, महिलाहरू मसँग बोल्न खोज्थे। म पनि सोधिहाल्थें– “कति वर्षकी हुनुभो?” धेरैजसोको उमेर हुन्थ्यो– “१६–१७वर्ष।”

मैले झुक्किएर दिदी भनेका चार–पाँच बच्चाका आमाहरू २५ वर्ष वरपरका हुन्थे। ‘विवाह कसरी भयो’ भनेर सोधेका मध्ये पिउली बाहेक सबैले भागेर भने। ‘त्यति सानो उमेरमा किन भागेकी?’ भन्दा उनीहरू कि मुख छोप्थे कि त ‘मन परेर’ भन्थे।

किन भाग्छन्के टीहरू?
१३–१४ वर्ष पनि नपुग्दै के कुराले भगाउँछ उनीहरूलाई? मुगुका शिक्षक, गैर–सरकारी संस्थाका कर्मचारी र अध्ययन प्रतिवेदनहरूका आधारमा भन्दा आफू (छोरी) लाई घरमा महत्व नदिइनु, अत्यधिक काममा लगाउनु, घरमा विवाहितको छुट्टै कोठा नहुनु, महीनावारी हुँदा गोठमा राख्नु, छोट्टी बस्ने/खेल्ने चलन आदि कारणले किशोरीहरू सानै उमेरमा विवाह गर्न हतारिने रहेछन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ। परिवारमा छोराले मात्र महत्व पाउँदा छोरीलाई यो घर आफ्नो होइन भन्ने लाग्नु स्वाभाविक हो।

सोरुमा २५–३५ वर्ष उमेर समूहका अधिकांश महिलाका पाँचदेखि सात जनासम्म छोराछोरी छन्। त्यसमा पनि बाल मृत्युदर अधिक छ। खाने–लाउने कुरामा पनि छोरा र छोरीमा विभेद छ। छोरीलाई सात–आठ वर्षको उमेरबाटै भाइबहिनी हेर्ने, पानी ल्याउने, बस्तुभाउ चराउने काम लगाइन्छ। उमेरसँगै कामको बोझ् बढ्दै जान्छ। सोरु भेगमा कार्यरत गैसस कर्मचारी रामचन्द्र न्यौपाने कुनै ‘लायक’ केटोले फकाइरहेको छ तर छोरी मानेकी छैन भने अभिभावकले धेरै काम लगाउनेदेखि खान नदिनेसम्मको व्यवहार गर्ने बताउँछन्।

सोरु भेगमा विद्यालयहरू नभएका हैनन्, केटाकेटी सबै पढ्न जान्छन् पनि, तर घरमा काम नभएको बेला मात्र। त्यसमाथि, छोरीलाई पढाउनुपर्छ भन्ने पनि छैन। ‘माइती बसेर के हुन्छ?’ वा ‘जहिले भए पनि पोइल जानैपर्ने भएपछि केटो भेटे अहिल्यै किन नजाने’ भन्ने हुँदोरहेछ। त्यस्तै, घरभित्रको वातावरणको कारण पनि केटीहरू सानै उमेरमा पोइल जान्छन् भन्ने कुरा झ्ट्ट सुन्दा अचम्म लाग्छ, तर हुर्कंदै गरेका केटाकेटी र अभिभावकको एकै कोठा हुनुले पनि यौनप्रतिको उत्सुकता बढाएको केडको प्रतिवेदन (मुगुका महिला र बालिका) मा उल्लेख छ।

छाउ (महीनावारी) हुँदा महिलालाई घरभित्र बस्न नदिएर एकान्त गोठमा राखिन्छ। त्यसरी परिवारबाट एक्लिएका कति युवती बलात्कारमा पर्छन्। बलात्कारमा परेको थाहा हुँदा ‘केटो लायक भए पोइल गए भइगयो नि’ भन्ने राय आउने रहेछ।

मुगुमा छोट्टी बस्ने/खेल्ने चलन अझै छ। छोट्टीमा तीन–चार जना केटा र केटीको जोडी मिलेर कुनै गोठमा बस्ने रहेछन्। राति कतै देउडाको भाका सुने त्यो छोट्टीबाटै छुटेको हुँदोरहेछ। कतिको लागि छाउ भएर गोठ बस्ने पीडा पनि स्वतन्त्रताको अवसर हुनेरहेछ। छाउ भएका र माइत आएका युवतीहरू पनि छोट्टी खेल्न जाँदा रहेछन्। यस भेगको ‘पोइल’ मा छोट्टीको ठूलै भूमिका देखियो।

- See more at: http://www.himalkhabar.com/132269#sthash.dd6GBEEj.dpuf



 
Posted on 07-21-16 3:04 PM     [Snapshot: 330]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

who gives a f#*k about people from karnali????
 
Posted on 07-21-16 3:15 PM     [Snapshot: 336]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

Last month I made a resolution: Someday I will volunteer in Karnali, either Humla or Mugu, for about a couple of years as a science educator. At least that would give some meaning to life :)
 
Posted on 07-21-16 4:13 PM     [Snapshot: 412]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

For your comment.

who gives a f#*k about what you think about people from karnali????


 
Posted on 07-21-16 6:54 PM     [Snapshot: 527]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लु seeker77 ब्रो, अरुले जे सुकै भनोस्! तर तपाईंको सोच र उदेश्यको म चाहिँ सम्मान गर्छु। येदि त्यो resolution पूरा गर्न सक्नु भो भने that will be the greatest thing for you n for those school kids in karnali. Best of luck from my side.
 
Posted on 07-22-16 2:18 PM     [Snapshot: 796]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Same here seekar77 . I am hoping to do similar things for remote places in Nepal. Nepal basinjel remote thsun Jana Pani gaiyena Aba Sochi rachu kehi tA garnai parcha afnu desh Lai
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
TRUMP 2016!!! Here is why?
❤️ चिक्नी चमेली ❤️
निर्लज्जताको बाढी आएको छ
आयाहूआस्का
कोभिड लाग्यो!
Yo ko ho Mchkne Nas bhanne mji
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Simple Yet Deep Question
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Visit Reeyas Kitchen for Nepali Food Recipes
Judgement Day
pregnancy मा sex गर्नु हुन्छ ?।
Democracy versus Entitlement in the good old US
Photo of the day
Corona virus - how deadly is it really? and for whom?
About some Nep Trumpers
Sajha Poll: I Voted
Adhikaar Org. used TPS holder for own benefits
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters