[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ramromanchey

mno
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 डर लाग्न थालेको छ |
[VIEWED 14105 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-17 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

डर लाग्न थाल्यो , अलिक भिड भाड हुने ठुला सहर तिर हिड्दा पछाडी बाट कसैले प्वाक्क हिर्काउछ कि जस्तो लाग्छ तेसैले होला बेला बेला पछाडी फर्केर हेर्दो रहेछु |
सेलको नम्बर आफ्नो लिस्टमा भए देखि बाहेकको नम्बर आउदा पनि रिस उठ्न थालेको छ | साझा छिराई पनि कम हुदै गएको छ , आमाचाक्ली देखि हरियो बास समेत लेख्ने संग देखि रिस मात्र उठ्नु पर्ने अब त डर पनि थपिएको छ |
घर परिवार इस्ट मित्र संगको ब्यबहार अनि सम्बन्ध रखाई बिजगणित को समीकरण जस्तै मिलाउनु पर्ने भएको ले समिकरणको हल निकाल्न नसकी टाढिदै जादै छ | मुल घरमा टिका नलगाई अन्यत्र टिका लगाउन नजाने चलन झैँ भएको छ | यहि समिकरणको हिसाब किताबमा मलाइ आमाले झैँ माया गर्ने मामा संग कुरा गछु भन्दा भन्दै बितेछन | उमेर पुगेकै हो बित्नु भयो भन्दा पनि आसिर्बाद लिन पाइएन भनेर दुख लाग्छ अनि किन फोन गरिएनछ भनि खोजि नीति गर्दा मूल कुरो डर नै रहेछ |
नारा जुलुस मा सधै अगाडिनै हुन्थे , बंगारा हल्लाई पाउने पनि मै हुन्थे , कठाला समात्न आउने हाकिमको बंगारमा मुक्का बजार्न पछि नपर्ने मान्छे आज भोलि कसैले हर्न बजाए पनि आंग सिरिङ्ग हुन्छ |
मुटु कम्जोर हुने मान्छे लाइ डर धेरै लाग्छ भनि डर भगाउन कहिले मचान , पालि घर मा एक्लै सुताउथे ,कहिले मुर्धा लैजाने बाटोमा राति राति हिडाउथे र मुटु बलियो बनाइएको थियो |
अहिले यो लेख्दै गर्दा पनि submit गरौ नगरौ भनि दोधार होइन कस्ता कस्ता कमेन्ट आउने हुन् भन्दै ,  डराउदै submit गरेको छु | 
Last edited: 16-Jun-17 11:13 AM

 
Posted on 06-13-17 6:50 PM     [Snapshot: 31]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I actually like your writings.
I get to read things in your writings which i don't see in others.

मुटु कम्जोर हुने मान्छे लाइ डर धेरै लाग्छ भनि डर भगाउन कहिले मचान मा एक्लै सुताउथे ,कहिले मुर्धा लैजाने बाटोमा राति राति हिडाउथे र मुटु बलियो बनाइएको थियो |

Yo machan bhaneko ke ho?

Sajha ma jhagada garera daar hataune ho ki?😀
 
Posted on 06-13-17 8:29 PM     [Snapshot: 166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sounds like decrease in testosterone..search internet to bump it up
 
Posted on 06-13-17 10:25 PM     [Snapshot: 295]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

This is probably your best writing till date. Very well written.
 
Posted on 06-14-17 6:24 AM     [Snapshot: 473]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

That is Social Anxiety Disorder so called SAD- The disorder that isn't much discussed but is prevalent.
 
Posted on 06-14-17 10:38 AM     [Snapshot: 644]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

उमेरले गर्दा पनि हो कि गोर्खे सर? १८-२० बर्षमा जे गर्न पनि आँट आउने, अनि गर्न खोजेको गरेरै, भएरै छाड्ने समय सम्झेर चालीस हाराहारीमा फरक लागेको मात्र होला. घर परिवार, केटाकेटी भए तिनीहरू, तिनीहरूबाट बनेका सम्बन्ध इत्यादीले धेरै फरक भैसक्यो जीवन. सबैतिर सन्तुलन मिलाउदा 'डर' बढेको होला.

केहि बर्षयता मेरो पनि डर बढेको छ. वरपरको नेपाली समाज-सर्कल र संगत कस्तो छ त्यसले पनि फरक पारेको हो कि? लामो समय academia तिर बसेको म हाल अर्को सहरमा आएपछि आइ टी वालाहरूको भीडमा वाल्ल परेको छु. मेरो फिल्डमा तलब १ लाख भए मनग्य मानिन्छ. सबै वरपरका कोहि त पढेकै गतिला इन्जिनियर र कोहि भने इकोनोमिक्स पढे पनि क्यु ए छन्. क्या हो क्यु ए भनेर एउटालाई सोधेको, आइ टी नै हो भन्दियो, अरु केहि थपेन. बिश्वविद्यालयमा काम गर्छु भने पनि दर्जा भनेको थिइन, घन्टाको कति भनेर सोध्न भ्यायो साथि ले. नढाटी भनियो. प्रोग्रामिङ्ग गर्नु हुदो रहेछ,आइ टी मा आउनुस, त्यति त मैले काम गरेको कन्सल्टेन्सीले तुरुन्त दिन्छ, एक बर्षमा पछी (म अमेरिका बसेको नौ बर्ष को फेक एक्स्पिरिएन्स थपेर) ७०+/hr डलर पक्का रे. बेला मौकामा अरुलाई पनि तलब सुनाउने मौका दीइयो, मलाइ सुनाउन पाउदा उनीहरूको खुसी देखेर मनमनै हासियो.

त्यसपछि हो, निकै राम्रो २०१४ देखि नया किनेर चलाएको जापानी गाडी पनि उनीहरूको मर्सिडिज र बि एम डब्लु को छेउमा रोक्दा केहि भानिपो हाल्छन कि भनेर डर लाग्छ. डेरामा बोलाएर खुवाउदा मानमर्दन होला कि भनेर बाहिरै भेट्न मात्र आँट आउँछ . कपडा इत्यादी सेल पर्खेर तर ब्राण्डेड नै लगाउने गर्छु, तैपनि सेल मा किनेको थाहा पाउने हुन् कि भन्ने डर लाग्छ. अमेरिकन पब्लिकले जस्तै झिनामसिना कुरामा फ्रिक आउट हुन्छन, संसारका अरु उदाहारण दिन पनि डर लाग्छ. अमेरिका बाहेक बाँकी बिश्व नेपाल जस्तै गोबर छ भन्ने ठान्छन, एक पटक खाँटी युरोप, अस्ट्रेलिया र पूर्वी एसिया गएर हेर भन्न पनि डर लाग्छ. त्यस बाहेक माथि गोर्खेज्यु ले भनेजस्ता कुरामा पनि थप डर लाग्छ. डरको कारण आफैले डर मानेर हो भन्ने थाहा भएकोले आत्तिएको भने छैन.


 
Posted on 06-14-17 12:28 PM     [Snapshot: 743]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

एक धर्के ब्रो : तपाइको कमेन्ट पढे पछि मेरो 2nd कजनको भनाइ सम्झे | आई ए , बिए पढेर आएका हरु IT भन्दै गफ हाकेको देखेर ४ बर्स नेपालमा अनि २ बर्स US मा मास्टर डिग्री लिएको अझै IT भन्न सक्दिन भन्थ्यो |
आफ्नो फेस बुक खाता खोलिएको छैन यदा कदा श्रीमती जीले देखौउछिन | यो तेही माइजु संग जोडिएको गाथा हो | हैन हामि नेपालीको सोच हराएको हो कि, नया संकृति आएको हो ?

कसैले सामाजिक संजाल मा परलोक को कुरा संग फोटो टासे छन् | पचासौ जनाले लाईक गर्न पुगे कसैले रोए को EMOJI राखे तर मृतका नजिकि नातेदारले भने हासेको EMOJI राख्न पुगेका रहेछन | तेही देखाउदै तिम्रा नातेदार हरुको दिमाग खुस्केको हो कि ४० सौ बर्स गुम्सिएको कुरा हरु निक्लिएका हुन भन्ने पनि सुन्नु पर्यो  ? उनको हसाई देखेर अर्को डर थपियो |

IT guy हु  भन्नेमा Nas पनि पर्छ होला ?  
Last edited: 16-Jun-17 10:51 AM

 
Posted on 06-14-17 3:58 PM     [Snapshot: 1331]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

"४ बर्स नेपालमा अनि २ बर्स US मा मास्टर डिग्री लिएको अझै IT भन्न सक्दिन भन्थ्यो"

उसलाई पनि डर छ, पक्का इन्जिनियर मान्छे पर्यो होला. "कन्सल्टेन्सी वाला IT professional" ले कुन दिन घन्टाको कति कमाउछस भनेर सोध्ला भन्ने डर. मेरो कन्सल्टेन्सी मा आइज त्यो भन्दा बढि तलब दिन्छु भन्ला भन्ने झन् ठुलो डर.

एक जाना ग्यास स्टेसन धनीले भन्दै थिए DV पर्ने सबै IT, ग्यास स्टेसन मा काम गर्ने नेपाली नपाइएला भन्ने डर

अम्रिका बस्या छ, गाडीले हानला कि बाटोमा, वा कुन दिन कता गोली खाइएला भन्ने पनि डर.

एच वान बी नहुनेलाई, नहोला कि भन्ने डर, भएपछी हरियो नहोला भन्ने डर, हरियो नै भए पनि ट्रंपको डर

नेपाल जाउँ, कस्तो खातेजस्तो पैसा नलिई आएको भन्लान भन्ने डर, नजाउँ फेरी भेट्न नपाइ मामा बित्लान भन्ने डर

डरै डर सबैतिर :D

 
Posted on 06-18-17 8:21 AM     [Snapshot: 3799]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो ७०/८० घन्टाको सजिलै दिदो रहेछ , म पनि लागि टोपले हजार् पन्द्र सय मात्रै खर्च भयो होला | बुझ्दै जादा फेक रेजुमे बनाएर अन्तर्वार्ता दिनु पर्ने अर्को काम पाए पछि छोडिदिए | SAP FICO को लागि तयारि भन्दा पनि फेक रेजुमेको लागि तयार हुन् चार गुणा समय लाग्ने अनि अन्तर्वार्तामा भिड्नु पर्दा आफु तेही चोक गरिने होला ? एउटाले ओन्लिन्र staffing ले, यो software पनि राख भन्यो र राखेर पठाए तर अन्तर्वार्ता मा पनि पुगिएन | निकाल्न बिर्सिएछु , अर्को ठाउमा तेही रेजुमे पठाईएछ , अन्तर्वार्तामा सोधी हाल्यो, जबाफ दिन सकिन, तेतिखेरै धन्यबाद दिएर मुल ढोका देखाई हाले |

सुनेको अन्तर्वार्ता फोन मा गर्ने रे अनि अन्तरर्वार्ता चै अर्को ले गरिदिएने रे ? कहा सम्म सत्य हो |

 
Posted on 06-18-17 8:43 AM     [Snapshot: 3815]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

MaGorkhe महाशय को पार्ट टाईम जब, यो असाईम फ़ाईल गर्ने हरूको लागी लेख र स्टोरी लेख्ने त होईन होला है? अन्यथा नलिऊँ होला , ब्रो को साझामा लेख पढे पछि त्यस्तै लाग्छ ।
 
Posted on 06-18-17 10:58 AM     [Snapshot: 3868]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एटोम ब्रो : साझा छिर्नु समय काट्नु हो , पार्ट टाईम जब भन्दा पनी फरक नपर्ला ? कहिँ लेखेको थिए " श्रीमतीलाई के थाहा मलाइ साझा लागेको छ भनेर" अर्थात साझा पनि एक किसिमको नसा नै हो जस्तो लाग्छ |
जीबनका भोगाइ र दाया बाया देखिएका कुरा हरु मात्र हुन र यदि पर्नै गएका भए उनीहरुलाई नै लक्षित गरेको हॊईन |

भोग्ने अमेरिका र स्वप्निल अमेरिका नदीका दुई किनारा हुन् भन्न पछि चै परको छुईन |

 
Posted on 01-15-21 1:27 PM     [Snapshot: 12513]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गोर्खेको बटारिएको ब्यक्तित्तो भए पनि यो लेख मैले १० चोटी जति पढे होला जति पढ्यो उति राम्रो लाग्छ, दम छ यो लेखाँ । येस्ता लेखले पुन : जीवन पाउनु पर्छ।
 
Posted on 02-11-21 9:37 PM     [Snapshot: 13090]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आजभोलि बाजे जस्ताले मेरो लेख राम्रो लाग्यो भनि लेखेको देख्दा कहिँ मेरो साझा छिर्ने नाम मा पनि बाउ बाजे बजई थप्ने त होईनौ भनि अर्को डर थपियो |
 
Posted on 02-12-21 11:32 AM     [Snapshot: 13263]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

मैले हजुर मूजिले लेखेको भरमै नराम्रो वा राम्रो हुन्छ भनेर कैले भनेको छैन । जसले लेखे नि राम्रो लेखे पछि राम्रै हुन्छ । यो मूजि लेख ज्यादै मार्मिक छ, हजुर मूजि साझामा वा यो पिर्थ्वीमै नरहे पनि साझा रहुन्जेल यो लेख रही रहने छ अनि कोइ न कोइले येही लेख मार्फत हजुर लाई सम्झी रहने छ , येही हो मूजि हजुर लेखक सफलता ।
 
Posted on 02-13-21 2:40 PM     [Snapshot: 13546]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

डर लाग्छ तिम्रो मेरो साथ् छुट्ने हो कि
डर लग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
किन तेसै तेसै आतिन्छ मेरो मन
प्रिय तिमि बिना के होला यो जीवन
-Legendary Nabin K Bhattarai

https://www.youtube.com/watch?v=jwhXIvbHAT4&ab_channel=Swon%3BtiCollection




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
TRUMP 2016!!! Here is why?
ट्रंप २०२०
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
❤️ चिक्नी चमेली ❤️
Vintage Pictures of Kathmandu
which stock to buy
tesla stock OMG !!
UNDERWEAR
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
Looking for Potential Match
Ushering in new era of communism ...
चुनाबमा हार/ जीत हुन्छ : आफुलाई टुहुरो नठान
Love Letters From The Past--SITARA
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
निर्लज्जताको बाढी आएको छ
आयाहूआस्का
Nas and The Bokas: Coming to a Night Club near you
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
TRUMP 2016!!! Here is why?
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters